काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई तनहुँ दमौली व्यासनगरपालिकास्थित छाब्दी खोलामा पुल बगाएकोले तत्काल बेली ब्रीज वा अन्य प्रवन्ध गर्न र बाढीपीडितलाई राहतको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । छाब्दीखोलाको पक्कि पुल बगाएपछि बुद्धसिंह मार्गमा आवतजावतमा कठिनाइ भएको छ ।
मुख्यमन्त्री पोखरेललाई आज बिहान फोन गरेर वरिष्ठ नेता पौडेलले मन्त्रालयबाट आवश्यक प्राविधिक पठाएर सो पुल निर्माणको प्रवन्ध गर्न, तनहुँसहित सो क्षेत्रमा भएका बाढीपहिरा पीडितलाई तत्काल राहतसहितका आवश्यक प्रवन्ध गर्न पनि अनुरोध गर्नुभएको छ । साथै अवरुद्ध बाटोघाटो सुचारु गर्न, भत्किएका संरचना सहित बाढीपहिरोले पारेको क्षतिको यकिन गरी पुननिर्माणका कामलाई अघि बढाउन बेलैमा योजनावद्ध ढंगले तयारी रहन समेत आग्रह गर्नुभएको वरिष्ठ नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।