ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पार्नुभएको थियो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।
प्रतिवेदनमा मुकुलले पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि पोख्नु भएको छ ।
बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् । उनले सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।
प्रतिवेदनको पुर्णपाठ : https://drive.google.com/file/d/1JZ1Q-L0KSOhLjUAXbftZw762utmZcwoV/view?usp=sharing