नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको अवधारणापत्र

जनताको अपार समर्थन, आशा र भरोशाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज राजनीतिक रुपमा विभाजित भएको छ । पार्टीका दुई अध्यक्षबीच देखापरेका अन्तर्विरोधहरुको व्यवस्थापन गर्न दुबै अध्यक्षसहित केन्द्रीय सचिवालय असफल भए पछि पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरु छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा लैजाने र अर्का अध्यक्षले अविश्वास प्रस्तावको सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्ने जस्ता दुखद घटनाबाट नेपालको इतिहासमा सबभन्दा शक्तिशाली संगठनका रुपमा देखापरेको हाम्रो पार्टी विभाजनको दुर्घटनामा परेको छ । कानूनी रुपमा विभाजन नभइ सकेको अवस्थामा दुबै नेताहरु अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का आधिकारिक प्रतिनिधि हामी हौं भन्दै निर्वाचन कार्यालयमा दावी गरिरहनु भएको छ । उहाँहरुले अन्तिम प्रहार गर्नु पूर्व पार्टीको एकतालाई जोगाउँदै नेतृत्व तहमा देखापरेका कार्यशैलीसंग सम्बन्धित अन्तरविरोध हल गर्ने तर्फ गम्भीरता पूर्वक लाग्न चाहनु भएन । झण्डै १० लाख पार्टी सदस्यहरुको कुरै नगरौं अविश्वास प्रस्ताव र प्रतिनिधिसभा भंग गर्ने सम्बन्धमा ९ जना सदस्य रहेको तथा पार्टीको मुख्य नेतृत्व (ऋयचभ या ीभबमभचकजष्उ) रहेको सचिवालयलाई जानकारीसम्म पनि दिन आवश्यक ठान्नु भएन । पार्टी र राष्ट्रिय राजनीतिमा उथलपुथल हुनसक्ने घटना घट्नु पूर्व पार्टीको कुनै निकायबाट निर्णय गर्नुपर्ने आवश्यकता ठान्नु भएन । नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणका निम्ति सामान्य अवस्थाको भन्दा फरक वैधानिक व्यवस्था र दस्तावेजहरु तयार गरिएको थियो । जस्मा पार्टीको नेतृत्व गर्न दुई अध्यक्ष प्रणाली लागु गरियो । त्यसैगरी केन्द्रीय तहका पार्टी कमिटीहरुको अध्यक्षता आलोपालो गर्ने व्यवस्था भयो । एकीकरण भएको दिनदेखि एकताको महाधिवेशन सम्पन्न नहुँदासम्म सबै बैठकहरु सहमति र समझदारीमा संचालन गर्ने र सहमतिकै आधार निर्णय गर्ने व्यवस्था गरियो । त्यति मात्र होइन आधिकारिक पत्राचार र निर्देशन जारी गर्दा पनि दुबै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था गरियो । यी सबै व्यवस्था राखिनुको एउटै कारण, भिन्न भिन्न पृष्ठभूमि र स्कूलीङबाट विकसित भएका पार्टीहरुको एकीकरण सम्बेदनशील हुन्छ र पार्टी नेताहरुको व्यवहारबाट सम्वेदनशीलतामा आँच नआओस र पार्टी एकीकरणमा बाधा उत्पन्न नहोस भन्ने नै थियो । तर विगत एक वर्षदेखि पार्टीमा एकीकरणको संवेदनशीलतालाई ख्याल नगरी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म चरम गुटबन्दीपूर्ण क्रियाकलापहरु भए । यो गुटबन्दीपूर्ण क्रियाकलापमा सचिवालयका सबै कमरेडहरु यो वा त्यो पक्षबाट सामेल हुने स्थिति बन्यो । विवादका विषयहरु पार्टी एकीकरणका वेला गरिएका सहमति र समझदारी कार्यान्वयन नहुनु, पार्टी घोषणापत्रको आधारमा नीति कार्यक्रम र बजेट नआउनु र सरकारले गर्ने राजनीतिक निर्णयहरुमा पार्टी नेतृत्वसंग परामर्श नगर्नु आदि थिए । तर ती सबै पार्टीका आन्तरिक विवादका विषयहरु थिए । अधिकांश विषयहरु कार्यशैलीसंग सम्बन्धित थिए । नेतृत्वदायी पार्टी कमिटीमा मौखिक छलफलबाट मात्र गम्भीरता आउन नसकेको महशुस गर्दै लिखित दस्तावेजहरु र प्रतिदस्तावेजहरु प्रस्तुत गरिए । ती दस्तावेजहरुमा गम्भीरतापूर्वक कहिल्यै छलफल हुन सकेन । एक आपसमा मनमुटाव झनझन बढेर जान थाल्यो र आखिरमा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव र त्यसका विरुद्ध प्रतिनिधिसभाको विघठनसम्मका दुर्घटनाहरु हामी अहिले वेहोरिरहेका छौं । अहिले औचित्य पूष्टी हुने एउटा पनि कारण विना पार्टी विभाजन गर्न कमरेडहरु लागि रहनु भएको छ ।

प्रतिनिधिसभा विघटनाका विरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन उपर गम्भीर छलफल चलिरहेकै अवस्थामा एकथरी नेताहरु निर्वाचन भएरै छोड्छ भन्दै सभा गरिरहनु भएको छ भने अर्काथरी नेताहरु प्रतिनिधिसभा जसरी पनि पनसर््थपना गरिछोड्छौं भन्दै विरोध सभाहरुबाट सडक तताई रहनुभएको छ । यस्तो अवस्थामा हामीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता राष्ट्रिय अभियानको नाममा विभाजनलाई रोक्न र त्यसका लागि राष्ट्रव्यापी दवाव सिर्जना गर्न यो अभियान संचालन गरिरहेका छौं । व्यक्तिगत रुपमा भन्दा संगठीत रुपमा अभियान संचालन गर्दा बढि प्रभावकारी हुने देखेर तदनुरुप हामी अगाडि बढिरहेका छौं । हामीलाई विश्वास छ, दुइतिर बाँडिएका हाम्रो पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुले पार्टी पुनर्एकीकरण गर्ने हाम्रो आह्वानलाई सम्मान गर्दै साथ दिनुहुनेछ ।
अहिले नेपालका सम्पूर्ण श्रमजीवी जनता, लाखौं पार्टी सदस्यहरु, हजारौं कार्यकर्ता र नेताहरु अत्यन्त दुखी हुनु भएको छ । उहाँहरु अहिले पनि पार्टी विभाजन नहोस् भन्ने पक्षमा हुनुहुन्छ । त्यही माग र चाहनालाई पुरा गर्ने उद्देश्य राखेर हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं ।

एकता अभियानको मूल उद्देश्य विभाजित हाम्रा दुबै समूहलाई पुनः एकतामा ल्याउनु हो । यसका साथै पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । हामी कम्युनिष्ट पार्टीका सदस्यहरु कुनै पनि विषयवस्तुको उठान, त्यसको व्यापकता र परिणामुखी क्रियाशीलताका निम्ति व्यक्तिगत रुपमा भन्दा सामूहिक प्रयत्नमा विश्वास राख्दछौँ । आजसम्म यो आन्दोलनमा जे–जस्ता उपलब्धी हासिल भएका छन्, ती सबै सामूहिक पहलकदमीका परिणाम हुन् र यो आन्दोलनमा जहाँ–जहाँ क्षति भएका छन्, ती सबैका कारक व्यक्तिवादी गलत कार्यशैली नै हुन् । विभाजनका मुल कारणहरु कार्यशैली भन्दा अरु छैनन् । कार्यशैलीसंग रहेका अन्तरविरोधहरु मित्रतापूर्ण हुन्छन् । तर ती अन्तरविरोधहरुलाई व्यवस्थापन गर्न हामी असफल भयौं । मित्रतापूर्ण अन्तरविरोधहरुलाई पार्टीभित्रै समाधान गर्नुको बदला बढाई चढाई सार्वजनिक गरियो । अहिले पनि हाम्रा वीचका अन्तरविरोधहरु चरित्रगत रुपमा मित्रतापूर्ण नै छन् । तर सभा, समारोह, आन्दोलन आदि ठाउँहरुमा भयंकर शत्रुतापूर्ण देखाउने गरी बढाइ चढाइका प्रयास भइरहेका छन् । विभाजनमा सरिक कमरेडहरुलाई मित्रतापूर्ण र मर्यादित व्यवहार प्रस्तुत गर्दा पार्टी पुनः एकतामा आउँछ कि भन्ने डर लागेको त होइन ? भन्ने शंका पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई लाग्न थालेको छ । के जसरी पनि विभाजन गरेर नेपाल राष्ट्रको हित हुनसक्छ ? जसरी पनि विभाजन गरेर कम्युनिष्ट आन्दोलनलाई हित गर्छ र यसो गरेर के संघीय लोकतान्त्रिक गणतन्त्र समृद्ध हुनसक्छ ?
पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्ने जिम्मेवारी पार्टीका मुख्य नेता र कमिटीको हुन्छ । त्यसको समाधान गर्ने पहल कदमी मुख्य नेताहरुले लिनुपर्छ । तर अहिले अन्तरविरोधहरुको समधानका निम्ति लाग्नु पर्ने मुख्य नेताहरु नै विभाजनको नेतृत्व गरिरहनु भएको हुनाले गम्भीर समस्या उत्पन्न भएको छ । तर पनि हाम्रो अगाडि जस्तासुकै व्यक्तिगत स्वार्थलाई बलिदान दिएर भए पनि पार्टीको पुनर्एकीकरण गर्नुछ र पार्टी एकतालाई जोगाउनु छ । दुबैतिर लाग्नु भएका मुख्य नेतासहितका कमरेडहरुलाई आह्वान गर्छौ कि तपाइहरुको, हाम्रो र करोडौं नेपाली जनताको उज्वल भविष्यसंग सम्बन्धित बनेको हाम्रो पार्टीको एकतालाई जोगाउन हर किसिमका पर्यत्न गर्न हामी तयार होऔं । शत्रुसंग लडाई गर्दा गोलाबारुद र विध्वंशबाट शक्ति आर्जन हुन सक्छ तर सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध राष्ट्र निर्माण गर्न विध्वंश वा अनेकताबाट होइन, सिर्जना र एकताबाट मात्र शक्ति आर्जन गर्न सकिन्छ । त्यसोभएर कमरेडहरु ज्यादै उज्वल सम्भावना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई जोगाएर शक्ति आर्जन गर्न र सुदृढ गर्न दिलोज्यान दिएर लागि परौं !!

पार्टीको सिद्धान्त, राजनीतिक कार्यदिशा, तात्कालिक कार्यनीति, विदेश मामिला, सामाजिक आर्थिक रुपान्तरणको दिशा तथा लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा समाजवाद निर्माण गर्ने लक्ष्यमा कुनै मतभिन्नता नहुँदा नहुँदै पनि नेकपाको यो विभाजन हुन पगुको छ । व्यक्तिवादी कार्यशैली व्यक्तिगत स्वार्थका कारण विकसित हुन्छ । यस्ता कार्यशैलीबाट उत्पन्न अन्तरविरोध आलोचना आत्मालोचनाबाट समाधान गर्न सकिन्छ । कहिलेकाहीँ सही तरिकाले आलोचना गर्न नसक्दा र आलोचनालाई मित्रतापूर्ण रुपमा लिन नसक्दा पनि अन्तरविरोधमा जटिलता देखिन सक्छ । यस पटक पार्टीमा यो अन्तरविरोध यसकै कारण पनि देखापरेको हो । यस्तो अवस्थामा धैर्यतापूर्वक र मित्रतापूर्ण तरिकाले आलोचना गर्ने र कुनै पनि विषयलाई वारको पार पुग्नु पूर्व नै सहमति र सम्झौताबाट पनि समाधान गर्न सकिन्थ्यो । यस पटक पार्टीमा दुबै अध्यक्षबाट फरक फरक प्रस्तावहरु प्रस्तुत गरिए । ती प्रस्तावहरु पार्टी एकताको मूल्यमा फिर्ता लिन सकिन्थ्यो । तर नेताहरुले त्यसो गर्न सक्नुभएन जस्को कारण नेपाली जनताको उज्वल भविष्यसंग सम्बन्धित प्रभावकारी शक्तिशाली साधनका रुपमा रहेको पार्टी नै विभाजित हुने अवस्थामा पुग्यो । तर यो अवस्थालाई गम्भीरता पूर्वक ग्रहण गर्न तयार हुने हो भने आरोप–प्रत्यारोप प्रस्तावहरु फिर्ता लिदैं आलोचना र आत्मालोचनाको माध्यमबाट पार्टी पुनर्एकीकरण गर्न सकिन्छ ।

यदि हामीले विभाजन उन्मुख हाम्रो पार्टीलाई पुनर्एकीकरण गर्न सकेनौं भने यसबाट हुने क्षतिलाई कम्युनिष्ट आन्दोलनमा सरिक दोस्रो वा तेस्रो पिढीले पनि परिपूर्ति गर्न सक्ने छैन । यस विभाजनको औचित्य पुष्टि आज र भविष्यमा पनि कहिल्यै हुन सक्ने छैन । यो विभाजन नेपाली कम्युनिष्ट आन्दोलनका लागि अत्यन्त दुःखद् र नेपाल राष्ट्रका लागि हानिकारक छ । परिस्थितिको उपरोक्त विश्लेषण गर्दै विभाजित दुबै समूहमा नलागी एकताको अभियान सञ्चालन गर्ने कार्यभार पूरा गर्ने दायित्व सम्पूर्ण पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुको पनि हो भनेर हामी तपाईहरु समक्ष अपिल गर्दै आएका छौं ।
कमरेडहरु !
आज देश र विदेशमा रहेका हाम्रा मित्रहरुका बीच प्रश्न उठ्ने गरेको छ, ‘विभाजनको शिकार हुन गइरहेको हाम्रो पार्टीलाई के हामी पुनः एकीकृत गर्न सकौँला ?’ हामी भन्छौँ, तपाईंहरुले साथ दिनु मात्र पर्छ, यो धेरै सम्भव छ । देशभित्र र विदेशममा रहनु भएका हाम्रा प्रिय कमरेडहरु, शुभचिन्तकहरु र मित्रहरु ! आउनुहोस हाम्रो प्यारो पार्टीलाई पुनः एकीकृत गर्न कठिन बनिरहेको मैदानमा साहसका साथ जुटौँ !! नेपालको निर्वाचन आयोगले ११ माघ २०७७ का दिन पार्टी दर्ताका निम्ति प्रस्तुत गरिएका कागजातहरुको अध्ययन गर्दै हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहलाई अलग अलग पार्टीका रुपमा दर्ता गर्न नसकिने निर्णय गरेको छ । यो निर्णयबाट पार्टी एकतालाई जोगाउन सकिने आशा पलाएको छ ।

पार्टी एकता अभियानको सामान्य योजना

पार्टी पुनर्एकीकरणको हाम्रो योजना अहिलेका लागि दुई चरणको हुनेछ । पहिलो चरण हो, सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण हो, सर्वोच्च अदालतको निर्णय आएपछि । यी दुबै चरणमा एकीकरणका विभिन्न विकल्पहरुमा छलफल गरिने छ । प्रतिनिधिसभा पुनस्र्थापना भएमा वा निर्वाचन भएमा दुबै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार संचालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार संचालन गर्ने प्रक्रिया अवलम्बन गरिने छ । यसलाई व्यवस्थित गर्न बराबर संख्याका समन्वय समितिहरु विभिन्न तहमा निर्माण गरिने छन् । प्रतिनिधिसभा पुनसर््थापना पछि पनि पार्टी एकीकरण हुन नसकेमा हाम्रो पार्टी एकता अभियान निर्वाचन काल र त्यसपछि पनि निरन्तर जारी रहनेछ । फरक–फरक नाममा विधिवत् आ–आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निम्ति अथक प्रयत्न गरिनेछ । तब पनि पार्टी एकीकरण हुनसकेन भने एकता राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गरिनेछ ।

एकता प्रक्रियाको यस अवधिमा पालना गर्नुपर्ने आचार संहिता
प्रिय कमरेडहरु,

पार्टी विभाजनको यो क्षण दुःखदायी त छँदैछ, त्यसमाथि यस्तो स्थितिमा दुबै समूहका नेता–कार्यकर्ताबीच एकापसमा व्यक्तिगत तहमै दोषारोपणको श्रृंखला देखिन थालेका छन् । ती कमरेडहरु एकापसमा जायज वा नाजायज विषय उठान गर्न, जाती, भाषा, वर्ग, लिंग र समुदायलाई इंगित गर्दै कतिपय गम्भीर मानवीय संवेदनशीलतालाई पनि ख्याल नगरी टीका–टिप्पणी गर्ने सिलसिला पछिल्लो समय व्यापक बनिरहेको छ । जनताको बहुदलीय जनवादको सिद्धान्तले हामीलाई अनुशासित, मर्यादित र विधिको अधीनमा राख्छ । सुदृढ आन्तरिक जनवादको अभ्यासबाट सुन्दर संसार निर्माण गर्ने महाभियानमा सरिक भएका मान्छेहरु नै कम्युनिष्ट आन्दोलनका योद्धा हुन् । तर, नेपालमा विकसित पछिल्लो घटनाक्रममा त्यस्ता योद्धा कमरेडहरु उच्च संस्कृतिले युक्त सभ्य चिन्तनधाराबाट विचलित भई निम्नस्तरका अभिव्यक्ति दिन पनि पछि नहटेको देख्दा उदेक लाग्दो अवस्था सिर्जना भएको छ । १५ दिन पहिले सम्म सकेसम्म सुमधुर सम्बन्ध कायम गर्ने प्रतिवद्धता बोकेका कमरेडहरु नै आज अत्यन्त निम्नस्तरमा आरोप प्रत्यारोपमा उत्रनु कतै पनि उपयुक्त देखिन्न । कम्युनिष्टहरुको व्यक्तिगत स्वार्थ केही हुन्न भन्ने प्रशिक्षणबाट अगाडि बढेका नेताहरुको आजको व्यवहार कति पनि सुहाउँदो भएन ।

पार्टी एकता अभियानका हामी कमरेडहरु पार्टी एकता हुन सकेन र उपरोक्त आरोप–प्रत्यारोप रोकिएन भने अझ निम्नस्तरका दुर्घटनामा जानसक्ने खतरा महशुस गरिरहेका छौं । अहिलेको विभाजन मानि लिउँ आकाश र जमिनको जस्तै फरक हो वा दुइ धु्रवमा विभाजित जस्तै हो भन्ने व्यवहार कहिल्यै पनि उचित हुँदैन । आज हामी मिल्न सकेनौ यसो भन्दैमा जीवन रहँदासम्म मिल्ने छैनौं भन्न सकिन्छ र ? त्यसोभएर आज एउटा अवस्थामा मिल्न सकेनौं, भोली अर्को अवस्थमा नमिली नहुने स्थिति हुनसक्छ । त्यसोभएर एकता अभियानका हामी सम्पूर्ण अभियन्ताहरुले गम्भीर चिन्ता प्रकट गर्दै विभाजित भएका दुबै समूहका नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तकहरुलाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन, कुनै पनि अवस्थामा गालीगलौज नगर्न, सकिन्छ भने आत्मालोचक बन्न विनम्र अनुरोध गर्दछौं । साथै एकता अभियानका सम्पूर्ण कमरेडहरुले आफुले पनि कसैको विरोध नगरी सबैसंग विनम्रतापूर्वक मर्यादित व्यवहार गर्नुहुनेछ ।

अहिले निम्नानुसारका आचारसंहिताका सूत्रहरु प्रस्तुत गरिएको छ ।

– निर्वाचन भन्दा पहिले र निर्वाचन पछिको अवधिमा आयोजना गरिने बैठक, कोणसभा, जनसभा, आमसभाहरुमा जनतासमक्ष आत्मालोचक बनि प्रस्तुत हुने ।
– अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुबै पक्षका विषयलाई मर्यादित भाषामा समिक्षात्मक शैलीमा राख्ने ।
– विभिन्न कारणले हामी फूटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा व्यक्त गर्ने ।
– अन्य प्रतिस्पर्धी पार्टीहरुको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने ।
– व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिला, जातीय, भाषिक, वर्गीय, लिंगीय र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने ।
– यस किसिमको आचारसहिंता पालना गर्न अन्य सबै राजनीतिक पार्टीहरुलाई पनि अनुरोध गर्ने ।

पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचना

१. पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहनेछ । यो अधिकतम ६ सय ५१ सदस्यीय हुनेछ । केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिकदिन कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने छ ।
२. प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति हुनेछ । त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने छन् । प्रदेश समन्वय समितिमा आवश्यक संख्याको एक सचिवालय रहनेछ ।
३. प्रत्येक जिल्लामा पालिकाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्यव समिति निर्माण गरिने छ । जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ । जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्नेछन् ।
४.प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिने छ । पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ । पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्नेछन् ।
५. प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय हुनेछ ।
६. केन्द्रदेखि पालिका तहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिनेछ । सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरु परिषद्का पदेन पदाधिकारी तथा सदस्य हुनेछन् ।
७. उपरोक्त सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ । केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचार प्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिनेछ ।
८. अर्को व्यवस्था नभए सम्म अभियानका सबै समिति र सदस्यहरु यसै अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुनेछन् ।
९.उपयुक्त समयमा एकता अभियानले गरेका कामको समीक्षासहित अभियानमा संलग्न सम्पूर्ण अभियनताहरुको राजनीतिक सुनिश्चितता गर्दै केन्द्रीय समन्वय समितिको बैठकबाट अभियानको निरन्तरताका सम्बन्धमा आवश्यक निर्णय गरिनेछ ।
संगठन सञ्चालन सम्बन्धी नियमहरु
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति यसको सर्वोच्च संस्था हुनेछ ।
२. यस अभियानको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ ।
३. यसको संगठनात्मकम सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ,
(व्यक्ति कमिटी मातहत रहनेछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनेछ । मत विभाजन हुँदा बहुमतको निर्णय कमिटीको निर्णय हुनेछ ।)
४. अभियानका सबै तहमा आयोजना गरिने अध्ययन, प्रशिक्षण र तालिममा अभियन्ताहरुले भाग लिनुपर्नेछ ।
५. अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु निम्नानुसार हुनेछन्ः
क. जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन,
ख. एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी,
ग. नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद,
घ. कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान,
ङ. राजनीतिक ज्ञान र शिक्षाका आधारहरु,
च. आवश्यक माक्र्सवादी साहित्य,
६. अभियानका सबै समितिहरु निम्नानुसारका समयावधीमा बैठक बस्नेछन्् ।
क. केन्द्रीय समन्वय समितिको बैठक ६ महिना ,
ख. प्रदेश समन्वय समितिको बैठक ३ महिनामा,
ग. जिल्ला समन्वय समितिको बैठक २ महिनामा,
घ. पालिका समन्वय समितिको बैठक १ महिनामा,
ङ. वडा समन्वय समितिको महिनामा २ पटक,
च. आवश्यकता पर्दा बैठकका समयावधि तल माथि हुनसक्नेछ,
७. विविध
क. हरेक समितिले मातहतका समिति र सदस्यहरुले पालना गर्नुपर्ने निर्देशन जारी गर्नसक्ने छन् ।
ख. हरेक सदस्यले आफ्नो समिति र माथिल्लो समितिका निर्देशन पालना गर्नुपर्नेछ ।
ग. अभियानमा आवद्ध कुनै पनि सदस्य यस संगठनमा रहन नचाहेमा राजीनामा दिएर अलग हुन सक्नेछन्
घ. अभियानका कुनै पनि सदस्यमा कुनै गम्भीर नैतिक तथा चारित्रिक पतन, फौजदारी अभियोग, गैरकानुनी क्रियाकलाप देखिए वा राष्ट्र, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र मुलुकको सार्वभौमिकता प्रतिकूल गतिविधि देखिएमा निजलाई अभियानको सम्बन्धित कमिटीबाट स्पष्टिकरण सोध्नेदेखि सचेत गराउने, निलम्बन र बर्खास्त गर्नेसम्मका कारवाही हुनेछन् ।
ङ. अभियानमा आवद्ध सदस्यले हरेक महिना सदस्यता शुल्क वापत रु १ सय आफ्नो कार्यालयमा जम्मा गर्नुका साथै कोषाध्यक्षबाट भरपाई रसिद लिनुपर्नेछ । सम्बन्धित समितिले त्यसबाट रु ५०।– आफूभन्दा माथिल्लो कमिटीमा पठाइ भरपाई रसिद लिनुपर्नेछ । हरेक कमिटीले आफूसँग जम्मा भएको रकम बैंक खातामा राख्नुपर्नेछ । यसरी जम्मा भएको रकमबाट अभियानले सञ्चालन गर्ने कार्यक्रममा खर्च गरिनेछ । च. अभियानका हरेक तहका समितिहरुले कार्यालय खोली नियमित संचालन गर्नुपर्नेछ । कार्यालयले सदस्यहरु, समितिहरु तथा दोहोरो लेखा प्रणालीसहितको आयव्ययको अभिलेख दुरुस्त राख्नुपर्नेछ ।

अभियानका मुख्य कार्यभारहरु

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्एकीकरण गराउन आ–आफ्नो तहमा अधिकतम् कोशिस गर्ने ।
२. प्रत्येक टोल टोलमा एकता पक्षधरको भेला बैठक आयोजना गरी विभाजनबाट हुने क्षति बारे जानकारी गराउने ।
३.आम मतदातासमक्ष एकताको अनिवार्यता र आवश्यकता बारे जानकारी गराउने ।
४.उपर्युक्त काम सम्पन्न गर्न जनपरिचालन पनि गर्न सकिने ।
५.आपत विपतमा परेका परिवार र कुनै पनि व्यक्तिलाई राहत उद्वार गर्ने ।
६.आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालबालिकाहरुलाई विद्यालय पठाउने व्यवस्था गर्ने ।
७.आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने ।
८.कानूनी उपचार नपाएका व्यक्तिहरुलाई कानूनी उपचारका लागि सक्दो सहयोग गर्ने ।
९.माथि उल्लेखित आचार संहिता पालना गर्ने र गराउने ।
१०.पुनःकीकरणका लागि आवश्यकता बमोजिम अन्य कामहरु गर्ने ।
११. अभियानका प्रत्यक सदस्यले आफ्नो समितिमा र प्रत्यक समितिले आफु भन्दा माथिल्लो समिति र केन्द्रीय समितिलाई जानकारी गराउने ।

प्रिय कमरेडहरु,

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा पनि नेपालका परिवर्तनकारी जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतसहितको सरकार बनाउन र शक्तिशाली संगठनका रुपमा स्थापित गर्न ऐतिहासिक योगदान पु¥याएका हुन । जनताको यो अपार समर्थनमा धेरै धेरै आशा र विश्वासका किरणहरु रहेका छन् । तर पार्टी विभाजनको क्रियाकलापले उनीहरुको आशा र विश्वासमा ठूलो धक्का पुगेको छ । विभाजनका कारण नेपालको संविधान बमोजिम लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने ऐतिहासिक कार्यभारबाट नेपाली जनता बञ्चित हुने अवस्थासमेत सृजना भएको छ । त्यसोभएर पार्टीलाई पुनः एकीकरण गर्न नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस् ! तपाईहरु जुन ठाउँमा हुनुहुन्छ, त्यहीँ नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस् । विभाजनमा लागेका कमरेडहरुलाई पुनः एकीकृत हुन अनुरोध गर्नुहोस् । तर, कुनै पनि समूहमा रहेका नेता तथा कमरेडहरुलाई गालीगलौजको शैलीमा विरोध नगर्नुहोस् । सबैलाई सम्मान गर्ने, कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् । सामाजिक दुरी कायम गर्दै कोरोना महामारीबाट बच्न प्रत्येकले मास्क लगाएर एकता ¥यालीमा सहभागी हुनुहोस । एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । एकतालाई पक्षपोषण गर्नेखालका लेख, रचना, गीत पत्रिका र अनलाइनमा प्रकाशन गर्नुहोस । एकतासम्बन्धी अन्य विषयबस्तुलाई सामाजिक सञ्जालमा पनि प्रेषित गर्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ ।
लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !
१४ माघ, २०७७ नेकपा एकता राष्ट्रिय अभियानका तर्फबाट

…………….
वामदेव गौतम
संयोजक
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

Advertisment
news-0812

yakinjp


sabung ayam online

yakinjp

yakinjp

yakinjp

rtp yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

judi bola online

slot thailand

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

ayowin

mahjong ways

judi bola online

9001

9002

9003

9004

9005

9006

9007

9008

9009

9010

9011

9012

9013

9014

9015

10031

10032

10033

10034

10035

10036

10037

10038

10039

10040

10041

10042

10043

10044

10045

10101

10102

10103

10104

10105

10106

10107

10108

10109

10110

10221

10222

10223

10224

10225

10226

10227

10228

10229

10230

10111

10112

10113

10114

10115

10231

10232

10233

10234

10235

10236

10237

10238

10239

10240

9016

9017

9018

9019

9020

9021

9022

9023

9024

9025

9026

9027

9028

9029

9030

10046

10047

10048

10049

10050

10051

10052

10053

10054

10055

10056

10057

10058

10059

10060

10116

10117

10118

10119

10120

10121

10122

10123

10124

10125

10126

10127

10128

10129

10130

10206

10207

10208

10209

10210

10211

10212

10213

10214

10215

10216

10217

10218

10219

10220

9036

9037

9038

9039

9040

9041

9042

9043

9044

9045

10061

10062

10063

10064

10065

10066

10067

10068

10069

10070

10131

10132

10133

10134

10135

10136

10137

10138

10139

10140

10196

10197

10198

10199

10200

10201

10202

10203

10204

10205

10001

10002

10003

10004

10005

10006

10007

10008

10009

10010

10011

10012

10013

10014

10015

10016

10017

10018

10019

10020

10021

10022

10023

10024

10025

10026

10027

10028

10029

10030

10141

10142

10143

10144

10145

10146

10147

10148

10149

10150

10181

10182

10183

10184

10185

10186

10187

10188

10189

10190

10191

10192

10193

10194

10195

10071

10072

10073

10074

10075

10076

10077

10078

10079

10080

10081

10082

10083

10084

10085

10151

10152

10153

10154

10155

10156

10157

10158

10159

10160

10161

10162

10163

10164

10165

10166

10167

10168

10169

10170

10171

10172

10173

10174

10175

10176

10177

10178

10179

10180

10086

10087

10088

10089

10090

10091

10092

10093

10094

10095

10096

10097

10098

10099

10100

news-0812
news-0812

yakinjp


sabung ayam online

yakinjp

yakinjp

yakinjp

rtp yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

judi bola online

slot thailand

yakinjp

yakinjp

yakinjp

yakinjp

yakinjp

ayowin

mahjong ways

judi bola online

9001

9002

9003

9004

9005

9006

9007

9008

9009

9010

9011

9012

9013

9014

9015

10031

10032

10033

10034

10035

10036

10037

10038

10039

10040

10041

10042

10043

10044

10045

10101

10102

10103

10104

10105

10106

10107

10108

10109

10110

10221

10222

10223

10224

10225

10226

10227

10228

10229

10230

10111

10112

10113

10114

10115

10231

10232

10233

10234

10235

10236

10237

10238

10239

10240

9016

9017

9018

9019

9020

9021

9022

9023

9024

9025

9026

9027

9028

9029

9030

10046

10047

10048

10049

10050

10051

10052

10053

10054

10055

10056

10057

10058

10059

10060

10116

10117

10118

10119

10120

10121

10122

10123

10124

10125

10126

10127

10128

10129

10130

10206

10207

10208

10209

10210

10211

10212

10213

10214

10215

10216

10217

10218

10219

10220

9036

9037

9038

9039

9040

9041

9042

9043

9044

9045

10061

10062

10063

10064

10065

10066

10067

10068

10069

10070

10131

10132

10133

10134

10135

10136

10137

10138

10139

10140

10196

10197

10198

10199

10200

10201

10202

10203

10204

10205

10001

10002

10003

10004

10005

10006

10007

10008

10009

10010

10011

10012

10013

10014

10015

10016

10017

10018

10019

10020

10021

10022

10023

10024

10025

10026

10027

10028

10029

10030

10141

10142

10143

10144

10145

10146

10147

10148

10149

10150

10181

10182

10183

10184

10185

10186

10187

10188

10189

10190

10191

10192

10193

10194

10195

10071

10072

10073

10074

10075

10076

10077

10078

10079

10080

10081

10082

10083

10084

10085

10151

10152

10153

10154

10155

10156

10157

10158

10159

10160

10161

10162

10163

10164

10165

10166

10167

10168

10169

10170

10171

10172

10173

10174

10175

10176

10177

10178

10179

10180

10086

10087

10088

10089

10090

10091

10092

10093

10094

10095

10096

10097

10098

10099

10100

news-0812